जीवनको घोषणापत्र Declaration of Life

जीवनको भोगाइमा आधारित “जीवनको घोषणापत्र” “Declaration of Life” based on Lessons Learned in Life 

 * जीवन जिउने कुनै मानक तरिका वा सूत्र छैन।  यो तपाईको रोजाइमा भर पर्छ। कोहीले यहाँ कुनै पनि चमत्कार छैन जस्तो गरी जिउछन् भने, अरु कोहीले यहाँ सबै कुरामा चमत्कार छ ठानेर जिउछन् । र कतिपयले बिचको बाटो लिन सक्छन्। शान्तिपूर्ण, सुन्दर, गैर-हानिकारक जीवन बिताउने तरिकाहरू छनौट गर्नु सधैं राम्रो हुन्छ;  यसको मतलब यो होइन कि तपाईंले अन्याय सहनु पर्छ वा केही गर्नु पर्दैन।

* There is no standard way or formula of living a life. It’s up to your choice. Some live as though nothing is a miracle, while some live as though everything is a miracle. Some may choose a middle way. It is always better to choose to live a peaceful, graceful, non-harmful way of leading a life; it does not mean that you need to tolerate injustice or do nothing. 

 * आफ्नो जीवन समीक्षा गर्नुहोस्।  गल्तीबाट सिक्नुहोस्।  अरूको गल्ती, अनुभव वा सिकाइबाट पनि सिक्नुहोस्।  सिक्न जारी राख्नुहोस्।  अनुभव गरिरहनुहोस्।  बढ्दै जानुहोस्।

* Review your life. Learn from mistakes. Also learn from others’ mistakes, experiences, or learnings. Keep learning. Keep experiencing. Keep growing. 

* असफलता भन्ने कुनै कुरा छैन, केवल सिकाइ/अनुभवहरू।

* There is no such thing as failure, only learning/experiences.

* हामी वरपरका सबैबाट सिक्न सक्छौं। साना केटाकेटीहरूबाट (उनीहरू कति सजिलै खुसी हुन सक्छन्), सहकर्मी/साथीहरूबाट (महत्वकांक्षा/सपना/प्रतिस्पर्धा), वरिष्ठ/वृद्धहरूबाट (अनुभव/बुद्धि) सिक्नुहोस्।

* We can learn from everyone around. Learn from young kids (how easily they can be happy), from colleagues/friends (ambition/dreams/competition), from seniors/elders (experience/wisdom).

 * तपाईं अद्वितीय हुनुहुन्छ, र अरू धेरैजना पनि त्यस्तै हुनुहुन्छ। आफैलाई माया गर्नुहोस्। तपाईं जो हुनुहुन्छ त्यो नै हुनुहोस्। आफूलाई स्विकार्नुहोस्। सत्यलाई मनन गर्नुहोस्। आफूलाई आफ्नो राम्रो संस्करण बनाउन काम गरिरहनुहोस्।

* You are unique, and also are too many others. Love yourself. Just be who you are. Accept yourself. Observe/realize the truth. Keep working to make your better version.

* आफ्नो काममा ख्याल गर्नुहोस्। * Mind your own business.

* जुत्तामा कहाँ दुख्छ, त्यो लगाउनेलाई मात्र थाहाहुन्छ।

* Only the wearer knows where the shoe pinches.

 * कुन बेला कुन कुरा बढी महत्त्वपूर्ण छ प्राथमिकता दिनुहोस्।

* Prioritize what is more important when.

 * एक पटकमा एउटा कुरामा मात्र ध्यान दिनुहोस्।  पूर्ण एकाग्रताका साथ एक पटकमा एउटा काम राम्रोसँग गर्नुहोस्।

* Only focus on one thing at a time. Do one thing at a time at its best, with full concentration. 

 * उद्देश्य लिनुहोस्। तपाईं आफ्नो आधारभूत आवश्यकताहरूको लागि मात्र होइन अरूको लागि पनि बाँच्नुभएको हो। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य र योजनाहरू बनाउनुहोस्।

* Have a purpose. You are living not just for your basic needs but also for others. Have goals and plans for the short term, midterm, and long term.

 * जीवनका सबै पक्षहरूलाई मिलाउनुहोस्।  सबै पक्षहरूलाई सन्तुलनमा राख्नुहोस्: व्यक्तिगत, शारीरिक, मानसिक, पारिवारिक, सम्बन्ध, आध्यात्मिक, सामाजिक, आर्थिक आदि।

* Harmonize all aspects of life. Keep all aspects in balance: personal, physical, mental, family, relationship, spiritual, social, financial, etc. 

 * आफ्नो शक्ति, कमजोरी, अवसर र खतराहरू जान्नुहोस्।  आफ्नो शक्तिमा केन्द्रित हुनुहोस्।  यदि सम्भव छ भने आफ्नो कमजोरीलाई कम गर्ने वा बेवास्ता गर्ने प्रयास गर्नुहोस्।

* Know your strength, weakness, opportunity, and threats. Focus on your strength. Also, try to mitigate or ignore your weakness if that is possible.

* आफ्नो शरीरलाई सुन्नुहोस्/बुझ्नुहोस्। स्वस्थ खानपान, उपयुक्त व्यायाम/योग, काम, विश्राम, निद्रा, आदि राम्रो स्वास्थ्यको लागि सूत्र हुन्।

* Listen to your body. Healthy food, appropriate exercise/yoga, work, rest, sleep, etc. are keys to good health.

 * कुनै हानि नहुने र सबै/धेरैलाई फाइदा पुग्ने गरी सरसफाई गर्ने, खाना पकाउने, बगैंचा बनाउने, निर्माण गर्ने, हिँड्ने, गाउने, पढ्ने, लेख्ने, खेल्ने, सिक्ने, सिकाउने, बेच्ने, कमाउने, सहयोग गर्ने जस्ता उत्पादनमूलक काममा संलग्न/व्यस्त हुनुहोस्।

* Get engaged in your duty or something productive like cleaning, cooking, gardening, building, walking, singing, reading, writing, playing, learning, teaching, selling, earning, helping ..etc. in such a way that no harm is done and all/many get benefitted. 

 * कहिलेकाहीँ मानिसहरू/स्थानहरू/संस्कृतिहरू भ्रमण गर्नुहोस् र केहि सराहनीय कुरा फेला पार्नुहोस्। कृतज्ञ हुनुहोस्।

* Sometimes visit people/places/cultures and find something appreciable. Be grateful.

* पृथ्वी सबैको हो। * The earth belongs to all.

* जोकोहीले कम्तिमा आफ्नो अधिकारको सदुपयोग गरी आफ्नो क्षमताको अधिकतम उपयोग गर्नुपर्छ र अरुको अधिकारको पनि सम्मान गर्नुपर्छ ।

* Anyone should at least utilize their rights and use their potential optimally and should also respect others’ rights.

* कसैलाई हानि नगर्नुहोस्। सबैलाई खुसी पार्ने प्रयास पनि नगर्नुहोस्, तपाईंले यो गर्न सक्नुहुन्न, कसैले गर्न सक्दैन।

* Do harm no one. Don’t try to please everyone either, you can not do it, no one can do it.

* सबैकुरा सधैं पर्याप्त न्यायोचित हुँदैनन्। विलियम बेभरिजले भने जस्ता दुष्टता अझै पनि रहेका हुनसक्छन्।

* All things around are not always fair enough. Evils as explained by William Beveridge may still exist.

* फरक व्यक्ति/अस्तित्व पृथक फूल/सम्भाव्यता/सौन्दर्य जस्तै हो।

* Different individual/entity is like distinct flower/potentiality/beauty.

* फरक व्यक्तिले एउटै काम फरक तरिकाले गर्न सक्छ। जब कोही कसैलाई पर्खिरहेको हुन्छ वा कसैलाई दोष दिइरहेको हुन्छ, अर्कोले जिम्मेवारी लिइरहेको हुन्छ।

* Different people can do the same thing differently. When one is waiting for someone or blaming someone, another is taking responsibility.

* कोही मानिस उच्च ‌उद्देश्यका लागि बाँच्छन् भने कोही चाहिँ मामुली उद्देश्यका लागि।

* Some people live for a noble cause while living for a trivial cause.

* कोही व्यक्तिले कुनै कुराको कम वा ज्यादा मूल्याङ्कन गर्छन।

* Some people overestimate or underestimate something.

* कसैले एउटा कुरा भन्न सक्छन् र अर्कै गर्छन्। वास्तवमा झुट वा नक्कली नबोल्दा समाज राम्रो हुन्थ्यो।

* Some people may say one thing and do something else. Society would be better if one does not actually lie/fake.

* यदि मानिसहरूले साँच्चै बालबालिकाको भविष्यको बारेमा सोचेका छन् भने तिनीहरूले प्रदूषण कम गर्नेछन् र पर्यावरण-मैत्री ऊर्जा र अन्य व्यावसाय प्रोत्साहन गर्नेछन्।

* If people are really thinking of the future of children they would reduce pollution and encourage eco-friendly energy and other business.

* कोही भगवानमा विश्वास गर्छन् भने कोही गर्दैनन्। कसैले विज्ञानमा विश्वास गर्छन्, र कोही भने शंका गर्छन्। कसैलाई राजनीतिमा आस्था छ भने कसैलाई घृणा।

* Some people believe in god while some others do not. Some people trust science, and some are skeptical. Some have faith in politics, and some hate it.

* ऐनामा भएको धुलोले छवि पनि धमिलो देखिन सक्छ।

* The dust in the mirror may cause blurred images.

* मानिसहरूले भन्न सक्छन् कि हामी पहिले भन्दा स्वतन्त्र छौं र कुनै दासता वा असमानता छैन। मलाई लाग्दैन कि यो पूर्ण रूपमा सत्य हो। योगदानकर्ता श्रमिक हरूलाई शारीरिक, मानसिक र आर्थिक रूपमा बढी सुरक्षित गरियो भने (प्रणालीको लागि काम गर्नेहरू र उपभोक्ताहरूसँग पनि केही बढी फाइदाहरू बाँडियो) र सम्मानपूर्वक श्रेय दिइयो भने दासत्वलाई कम गर्न सकिन्छ।

* People could say we are free than before and there is no slavery or inequality. I don’t think it is fully true. Slavery could be mitigated if the workers are more protected physically, mentally, financially (a little more of the benefits are shared with those who actually contributed/labored to the system and who also with the consumers) and credited respectfully.

* कतिपयले पैसा भनेको साधन हो भन्छन्, कहिलेकाहीँ हामी पैसा साध्य/सबै थोक हो जस्तो व्यवहार गर्छौं।

* Some say money is means, while sometimes we behave as if money is ends/everything.

* झन्झटिला/घृणित व्यक्तिहरूबाट बच्नुहोस्/छोड्नुहोस्/बेवास्ता गर्नुहोस्।

* Avoid/ignore nauseating/disgusting people.

* कुनै वास्तविक वा काल्पनिक कुरा आनन्द वा समस्याको स्रोत बन्न सक्छ। समस्या ल्याउनुको सट्टा चीजहरूलाई आफ्नै ठाउँमा छोड्नु राम्रो हुन सक्छ।

* Any real or imaginary thing can become a source of joy or trouble. It can be good to leave things in their own place instead of bringing them to cause trouble.  

* दुःख र सुख क्षणिक हुन्छ वा अलि बढी रहन पनि सक्छ। यो बाह्य कारणले मात्र नभई आन्तरिक कारणले पनि हुन सक्छ।

* Pain and pleasure are transient or can also last a little more. These may not just be due to external factors but internal too.

* कुलत भनेको अनुत्पादक चीजलाई समय/प्राथमिकता दिनु हो र यसले स्वास्थ्य, सुरक्षा, धन र सम्बन्धलाई हानि पुर्‍याउँछ।

* Addiction is giving time/priority to something unproductive that harms health, safety, wealth, and relationship. 

* पैसालाई‌ थैलीमा राख्नुहोस्।  यौनलाई निजी ओछ्यानमा राख्नुहोस्।  तिनीहरूलाई सबै समय दिमागमा नल्याउनुहोस्।  (मनको शान्तिको लागि, चीजहरूलाई आफ्नै क्षेत्रमा राख्नुहोस्, तिनीहरूलाई उनीहरूको पालोमा मात्र दिमागमा ल्याउनुहोस्)।

* Keep money in the purse. Keep sex in a private bedroom. Don’t bring them to the brain all the time. (For the peace of mind, keep things in their own zone, bring them to mind only in their turn). 

 * परिवर्तन गर्न नसकिने कुराहरूमा चिन्ता नगर्नुहोस्।

* Don’t ruminate over things that can’t be changed.

 * आफ्नो आशीर्वाद (आफूसंग भएको राम्रो कुरा) को गणना/ख्याल गर्नुहोस्।

* Count your blessings. 

(नोट: यहाँ प्रस्तुत विचारहरू अरूको कथा/अनुभवहरू बाट प्रेरित भएको पनि हुन सक्छ। Note: The ideas presented here could also be inspired by stories/experiences of others.)

शिवराम खतिवडा, चैत्र २०७८

Shiva Ram Khatiwoda, March 2022

👉 Learning of Life

👉 Healthy Lifestyle

Leave a comment